नेपाल बन्दको पूर्व सन्ध्यामा ‘विप्लव’ का तीन नेता हतियार सहित पक्राउ !

हरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो ।

एक व्यापारीसँग चन्दा माग्न जाँदै गर्दा सुन्दरहरैचा नगरपालिका–१२ का ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी र केन्द्रलाल धिमाल पक्राउ परेका हुन् ।

राई चन्द समूहका जिल्ला सचिव तथा धिमाल कार्यकर्ता हुन् ।

उनीहरुको साथबाट दुई पेस्तोल, चार म्यागजिन र १४ राउण्ड गोली बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया