मुख्यमन्त्री र जापानी राजदूतबीच भेटवार्ता !

फाइल फोटो

काठमाडौँ, बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीचको भेटवार्तामा राजदूत साइगोले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

मुख्यमन्त्री पोख्रेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकासमा जापानको सहयोग महत्वपूर्ण रहेको पनि भेटको क्रममा बताएका छन् ।

भेटमा मुख्यमन्त्री पोखरेलले राजदूत साइगोलाई प्रदेशमा पर्यापर्यटनको सम्भावनाको विषयमा जानकारी गराएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनाएका छन् ।

साथै मुख्यमन्त्री पोख्रेलले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको र प्रदेश अस्पतालको क्षमता विकासमा पनि जापानको सहयोग अपेक्षा गरिएकोमा जोड दिएका छन् ।

शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताउँदै राजदुत साइगोले भने, ‘ संवैधानिक व्यवस्थाअनुसार गठन भएका प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न हामी तयार छौँ । ‘

मंत्री पोख्रेलले साइगोलाई लिम्बिनी भ्रमण गरेरमात्र काठमाडौँ फर्कन आग्रह समेत गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया