वरिष्ठ नेता पौडेललाई गिरफ्तारी गरिएको भनी सभापति देउवाबाट आ’पत्ति

फोटो फाईल

काठमाडौँ, १७ मङ्सिर/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट गर्नुभएको छ । कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दु’व्र्यहार गरिएको आ’रोप पनि लगाएको छ ।

उक्त पुलको स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपछि वरिष्ठ नेता पौडेल उद्घाटन गर्न जानुभएको पार्टी कार्यालयले जनाएको छ । उहाँले घटनाको वि’रोध गर्नाका साथै कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिनुभएको छ ।
यसैबीच काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पार्टी वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै वि’रोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई प’क्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आ’रोप लगाउनुभयो ।नेविसङ्घका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घ’टनाको निन्दा गर्दै घ’टनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया