मधेसमा पूर्वराजाको स्वागतमा व्यस्त जनता !

फाइल फोटो

एजेन्सी, हाल पुर्वराजा ज्ञानेन्द्र मधेश भ्रमणको लागी निस्किएका छन् । जनकपुरधामको घुमघाम संगै निकै उदेश्य बोकेर मधेस निस्किएका ज्ञानेन्द्रलाई मधेसमा धुमधामसंग स्वागत गरिँदै छ ।

काठमाडौँमा समाचारका हेडलाइन बनिरहेका सी. के. राउतको जनकपुरमा आत्मसपर्पण गरे भन्ने बाहेक कुनै पनि खास समाचार आएको देखिँदैन । बरु पूर्वराजा ज्ञानेन्द्र मधेसका हेडलाइन बनेका छन् । मधेसी जनता ज्ञानेन्द्रको स्वागतको दौडभूपमा व्यस्त देखिन्छन् ।

जनक्पुमा ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।साथै शहर भित्रका अन्य स्थानहरुमा पनि उनकै चर्चा चलिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया