काठमाडौँ, टिप्परले ठक्कर दिँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । राधे–राधेबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ५३४३ नम्बरको ट्रिपरले आइतबार राति १० ः ४५ बजे प्रदेश ३–०२–००६ प ४९९४ नं. को मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सोलुखुम्बुको पञ्चन–९ का २८ वर्षीय प्रेमबहादुर राईलाई उपचारको निम्ति मध्यपुर अस्पताल लगिएको थियो ।
अस्पतालमा उअपचारको क्रममा राईको राती ११:१५ बजे निधन भएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताएका छन् । प्रहरीका अनुसार दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा भएता पनि टिप्पर चालक भने फरार छन् ।







