प्रहरी जवानले गृह प्रवक्ता सुवेदीको गाडीको अगाडिको चक्कामा ताल्चा ठोके

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका छन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।

सिंहदरबार क्षेत्रमा अनधिकृत रूपमा पार्किङ गरिएको अरु सरकारी गाडीमा समेत ह्विल लक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए ।

उनले ती कर्मचारीको सरुवा गरिने आशंका गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरी राखेका छौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया