काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा ग्रान्डीको लापरबाहीका कारण एक शिशुमाथि गरिएको निर्दयी प्रयोगका सम्बन्धमा गरिएको उजुरीका आधारमा छानबिन चलिरहेको छ। तर, निष्पक्ष भनिएको छानबिन समिति नै शंकाको घेरामा छ।
झन्डै १३ महिनाअघि, २०७५ असार १२ गते न्यौपाने दम्पतीलाई पहिलो सन्तान प्राप्त भयो। ‘सामान्य स्वास्थ्य समस्या’ भन्दै शिशुको उपचार गर्दै आएको ग्रान्डीले मस्तिष्कमा पानी जमेको देखेन वा देखेर पनि लुकायो, परिणामस्वरूप शिशुको स्वास्थ्य झन् जटिल हुँदै गयो। ‘छानबिनपछि आउने परिणामका आधारमा दोषीलाई कारबाही हुन्छ।’ –डा. पौडेलले भन्नुभयो। नयाँ संशोधित ऐनअनुसार यस्तो मुद्दामा विज्ञहरूको परामर्श अनिवार्य चाहिन्छ।

हाम्रो मनसाय छानबिन गरी पीडित पक्षलाई न्याय दिनु नै हो’ तर, अधिकारीले काउन्सिलले कारबाहीका लागि सम्बन्धित अस्पताललाई पत्र काट्दा पनि बेवास्ता गर्ने गरिएको, आफू लाचार बनेर बस्न बाध्य हुनुपरेको उदाहरण पनि सुनाउनुभयो।
परिवारमै मेडिकल फिल्डका सदस्यहरू रहेका र आफैं पनि इन्जिनिर जस्तो दक्ष व्यक्ति रहेको न्यौपाने परिवारले ग्रान्डीका चिकित्सकहरूले भनेअनुसार हरेक सल्लाह मान्दै पाँच पटकसम्म आफ्नो बच्चाको टाउकोको शल्यक्रिया गर्न स्वीकृति दियो। चिकित्सकले जे–जे भन्छन् त्यही–त्यही मान्दै जा“दा यति बेला न्यौपाने परिवार निकै ठूलो समस्यामा विगत १३ महिनादेखि नुसधरहेको छ ।

पीडित न्यौपाने भावुक हँदै भन्नुहुन्छ– ‘बच्चा जन्माउने योजनादेखिनै ग्रान्डीका चिकित्सकहरूको सल्लाह र सुझावअनुसार नै अघि बढ्यौं। पूरा समय नहुँदै ३६ हप्तामा बच्चा सिजरिङ गर्न पनि उहाँहरूले नै सुझाव दिनुभयो। बच्चालाई सास फेर्न गाह्रो भयो नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयू) मा राख्नुपर्छ भने।
चिकित्सकको विश्वासमा पर्दा बच्चालाई एनआईसीयूको ब्याक्टेरियाका कारण निमोनिया भएछ। यही ब्याक्टेरियाका कारण टाउकोमा पानी मात्र हैन पिप नै जमेर दिमाग नै नष्ट गर्दासम्म चिकित्सकले हामीलाई गुमराहमा राखेर बच्चाको टाउकोको अप्रेसन मात्र गरिरहे।’ यो समाचार नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा भगवती तिमल्सिनाले लेखेका हुन्।







