काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् ।
आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्नेभन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छभन्ने् आश रहेको छ ।
मैले जित्नेमा पूर्ण आशवादी छु ।’ अहिलेसम्म आएको मतलाई सहजै रुपमा लिएको उनको भनाइ थियो ।







