काठमाडौँ, प्रधानमंत्री के.पी. शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुलाई आफ्नै निवास बालुवाटार बोलाएर बैठक राखेका छन् ।
बैठकमा प्रदेश १ बाट शेरधन राई, प्रदेश २ बाट लालबाबु राउत, प्रदेश ३ बाट डोरमणि पौडेल, गण्डकी प्रदेशबाट पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ बाट मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशबाट महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट त्रिलोचन भट्ट गरी सबै प्रदेशका मुख्यमंत्रीहरु सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको छ ।
करिब १ महिना अगाडी पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरिसकेका हुँदा पनि केन्द्र र प्रदेश सरकारबीच मतान्तर अझै अन्त्य नभएकाले आजको छलफललाई महत्वको साथ हेरिएको छ ।