सीके राउतले लिए ‘सन्न्यास’

जनकपुरधाम : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिएका छन् । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् ।

उनलाई तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् । जहा ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ ।ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् जसमा एक सीके राउत पनि रहेका छन् ।

उनले सन्न्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ । सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् । आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

मलाई धेरै बोल्न मन लाग्दैन गुरुको सानिध्य नै सबभन्दा ठूलो कुरा हो’, उनले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया