पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा २९ ठाउँमा पहिरो, यातायात बन्द

फाइफ फाेटाे

कावासेती, ११ असोज । चार दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको पहाडी क्षेत्र जोड्ने दलदले धौबादी, बुलिगंटार ,गैडाकोट बुलिगंटार कालीगण्डकी करिडोर को ग्रामीण सडक पूर्ण रुपमा अवरुद्द भएको छ । सो बाटोमा २९ ठाउँमा पहिरो गएको बुलिगंटार गाउँपालिका वडा नं ४ का वडाध्यक्ष चेतबहादुर गोदामी मगरले बताउनुभयो । बाटो खुलाउन दश दिनसम्म लाग्ने वडाध्यक्ष गोदामी मगरले बताउनुभयो ।

रतनपुर, कोटथर, डाडाँझेरी, बुलिगंटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचागं, नरम, जौबारी, धौबादीलगायतका वडाहरुमा चल्ने दुई वटा सडकमा २९ ठाउँमा पहिरो गएको र पहिरोले बाटो नै बगाएपछि तत्काल बाटो खुल्ने सम्भावना नै नभएको बुलिगंटार गाउँपालिकाका उपाध्यक्ष मैना बिकले बताउनुभयो ।

दलदले धौबादी सडक खण्डको कुमसोत पाँग्रे खण्ड, अर्खला देखि कमलीकोट सम्म ,ढोंडेनी देखि कोटथर सम्म गरि २९ ठाउँमा ठुलो पहिरो जाँदा अबरुद्द बनेको सो बाटो मर्मतका लागि धरै समय लाग्ने र पानी नरोकिए सम्म मर्मत को काम थाल्न नसकिने बुलिंगटार २ डाँडाझेरीका वडाध्यक्ष प्रेमबहादुर थापा मगरले बताउनुभएको समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया