बसको ठक्करले स्कुटर सवार श्रीमान्, श्रीमतिसहित दुधे बालकको मृत्यु

बारा, १२ असोज । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो घटना भएको हो ।

घटनामा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने श्रीमान्, श्रीमति र दश महिने छोराको मृत्यु भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख श्याम मुकार महतोले बताउनुभयो । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नं।–१० लाल बस्ने स्कुटी चालक २६ वर्षीय तीर्थमान स्याङ्गतान, निजका २५ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र उहाँको दश महिने छोरा आहान स्याङ्गतानको रहेको उहाँले जानकारी दिनुभयो । याे समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया