सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ ८, असोज । नेपाल सरकार मन्त्रिपरिषको मंगलबार बसेको बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारले विश्वबैंकमार्फत नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैंया लगानी गरेर संकटग्रस्तक्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम गर्ने छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यबस्थापन प्राधिकरणमार्फत पुनर्निर्माणका काम हुने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।

एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब नेपाल सरकारले मात्रै समस्या समाधान गर्न नसकेमा अन्तराष्ट्रिय सहयोग समेत लिन पाउने बाटो खुला भएको छ । राजधानी देनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया