पत्रकार स्वयम् जिम्मेवार बन्नुपर्छ, प्रेस स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन : भिम रावल !

काठमाडौँ, एक सञ्चारकर्मीसँगको कुराकानीमा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेस स्वतन्त्रता कुण्ठित गर्न नहुने बताएका छन् ।

उनले प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना समेत गर्न नसकिने कुरा उल्लेख गर्दै प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताएका छन् ।उनि भन्छन्, ‘ पत्रकारले स्वयम् जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन । ‘

साथै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले बजेटको विषयमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको बताउँदै भने, ‘ सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ । समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ । ‘

उक्त प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश रहेको याद दिलाउँदै सरकाले उक्त प्रदेशलाई हेर्ने दृष्टिकोण फरक रहेको हुँदा फेरिनु पर्ने उनले बताएका छन् ।

साथै उनले सीके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै उनलाई विश्वास गर्न नहुने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया