काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेशसभा सांसद देवकी मल्ललाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले अपहरण गरेको छ ।बझाङ्ग ‘ख’ की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको कुरा सुरक्षा श्रोतले बताएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका डिएएसपी प्रविण धितालले अपहरणको खबर आएको र आफुहरु यसलाई पुष्टि गरिरहेकाले यस बारे थप केहि भन्न नसकिने बताएका छन् ।