काठमाडौँ, कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार राती उपचारको लागी सिंगापुर प्रस्थान गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयको जानकारी अनुसार पेटमा समस्या बढेपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।
उनले पहिल्यै देखी पेटसम्बन्धी समस्या झेल्दै आइरहेका छन् । साथै उनि सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् ।
देउवा जेठ १३ मा देउवा आफ्नी पत्नी आरजु देउवाको साथमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।