‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २७ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल रक्तचाप नियन्त्रण नभएपछि अहिले मेडिसिटी अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जानकारी दियो ।

एक्कासी रक्तचाप बढेपछि उनी बिहानदेखि चिकित्सकको निगरानीमा घरमै आराममा थिए । रक्तचाप नियन्त्रणमा नआएपछि थप चेकजाँच गर्न अस्पताल लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ । दाहाल अस्वस्थ भएको कारण आज महोत्तरीमा आयोजना गरिएको कार्यक्रमसमेत स्थगित् गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया