काठमाडौँ, ‘ नेपाल लगानी सम्मेलन २०७५ ‘ मा विदेशी समुदाय र लगानीकर्ताहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराको रुपमा चित्रित गरिएकोमा आफूहरुलाई गौरवबोध भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
मन्त्री ज्ञवालीले रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पछिल्लो केहि समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएको हुँदा लगानी सम्मेलनले नेपालको विकासको निम्ति थप प्रेरणा दिएको बताए ।
उनले भने, ‘ सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ । ‘