४ बर्ष पश्चात जेष्ठबाट तातोपानी नाका संचालनमा !

फाइल फोटो

काठमाडौँ,  भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका छन् ।

सांसद अग्नि सापकोटाक अनुसार एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको हो ।

नाकाको स्थलगत निरीक्षणको निम्ति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोली त्यहाँ पुगेको थियो ।

डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको बताएका छन् ।

प्रतिनिधिमण्डलमा रहेका सांसद सापकोटाले चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई दिएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया