असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा १२ प्रतिशत सम्मले वृद्धि हुने !

सरकारले सार्वजनिक सवारीसाधन र मालवाहक सवारी दुवैको भाडा वृद्धि गरेको छ । नयाँ भाडादर आगामी असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ । प्राविधिक समितिको सिफारिसको आधारमा भाडादरमा वृद्धि भएको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो ।

सार्वजनिक यातायात र ट्याक्सीको भाडादर अहिले विद्यमान भाडादरभन्दा १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मालवाहक सवारी र ठूला यात्रुवाहक सवारीमा २० प्रतिशतसम्म भाडा वृद्धि हुने उहाँले जानकारी दिनुभयो । लामो समयसम्म भाडादर वृद्धि नभएकाले समयानुसार समायोजन गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सात वर्षपछि र आवश्यकताअनुसार भाडा वृद्धि भएको हो ।”

तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया