काठमाडौँ, बुधबार राती मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर १ सामरी पुल नजिकै भएको सवारी दूर्घटनामा परि घाइते भएका सैनिकको बिहिबार मृत्यु भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा७च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा४१प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायक विवेश तामाङ गंभिर घाइते भएका थिए ।
घाइते ३० वर्षीय तामाङलाई उपचारको लागी काठमाडौँ ल्यैएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जनाएका छन् ।







