चीनमा कोरोना भा’इरसका ५ हजार ९०० जनालाई उपचारार्थ भर्ना ५७१ संक्रमित

९ माघ / चीनमा कोरोना भा’इरसको सं’क्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् ।बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । कोरोना भाइरस सं’क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।

चीनका विभिन्न २५ प्रान्तमा यो भा’इरसको सं’क्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ ।
यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्र’बन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्या’न गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्या’न गएको जानकारी दिनुभएको छ ।
मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो सं’क्रमणको संख्यामा करिब ५ हजार ९०० जनालाई उप’चारार्थ भर्ना गरिएको थियो ।

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर उनीहरुलाई पनि विशेष नि’गरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सं’क्र’मणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी नि’गरानी राखिरहेको पनि बताइएको छ । बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सं’क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सं’क्र’मण भेटिएको हो ।

त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भा’इरसको सं’क्र’ण देखिएको अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया