इस्लामाबाद, १८ मंसिर / पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा नि’धन भएको छ ।
उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उहाँलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ ।माली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री हुनुहुन्थ्यो ।
प्रधानमन्त्री इमरान खानले जमालीको नि’धनप्रति ग’हिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गर्नु भएको छ ।बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गर्नु भएको थियो । तर सन् २००४ मा उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त हुनु भएको थियो ।







