काठमाडौँ, बरा र पर्सामा गएको आँधीहुरी र त्यसको क्षति बारे त हामी सबै अवगत नै छौँ । एक छिन्को हुरीले एकै छिन् अघि सम्म =को हाँसो, ख्याल, गाँस, वास, कपास र साथै सपना सबै उडाएर लग्यो ।
क्षतिपुर्ती हुने जति सहयोगको त घोषणा भएकै हुन् तर मुख्यमन्त्री राहतकोषमा भने १३ लाख मात्र जम्मा भएको छ । चैत्र १८ गतेबाट चालु भएको मुख्यमन्त्री राहतकोषमा हाल सम्म जम्मा जम्मी १३ लाख २५ हजार २ सय ७८ रुपैयाँ मात्र छ ।
अब सहयोग रकम घोसणा कै कुरा गर्ने हो भने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रत्येक मृतक परिवारलाई ५ लाख रुपैयाँ को घोसणा गरेका थिए । साथै काँग्रेसका सभापति शेरबहादुर देउवाले २५ लाख रुपैयाँ, काँग्रेस उपसभापति विमलेन्द्र निधीले १० लाख रुपैयाँको घोषणा गरेका थिए ।
त्यति मात्र नभएर सुदुरपश्चिम सरकारले १ करोड र प्रदेश नम्बर ३ सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । अब यि करोडौँका घोषणा, घोषणा मै सिमित हुने हुन् या जम्मा पनि यो भने हेर्नै बाँकी छ ।