केहि महिना देखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले लेखिन् खुशी हुँदै स्टाटस भनिन् धन्यवाद!

गायिका समिक्षा विगत दुई /तिन महिना देखि सामाजिक सञ्जाल भन्दा टाढा बसेकी थिइन्। खासै गीत पनि गाइनन्। तर अहिले गायिका समीक्षा अधिकारीले केही दिन आगाडी उनले गाएको गीतको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा युट्युब ट्रेन्डिङको स्क्रिनसट सेयर गर्दै लेखिन्, ट्रेन्डिङ ।

उनको स्वर रहेको गीत ‘चिना र जोखाना’ युट्युब ट्रेन्डिङको ४६ नम्बरमा परेको जानकारी दिँदै उनले फेसबुकमा स्क्रिनसट पोष्ट गरेकी हुन् ।जुन ११ मा उनले गीतको युट्युब लिंकसहित आफ्नो तस्बिर फेसबुकमा पोष्ट गरेकी थिइन् । जुन १० पनि उनले ११ मा पोष्ट गरेको लिंक सेयर गरेकी थिइन् ।

उनले हिजो मात्रै फेरि अर्को गीतले एक करोड पुगेको खुशी ब्यक्त गरेकी छिन् जुन गीतको भिडियोमा पल शाह थिए यस्तो छ उनकाे स्टाटस, हजुरहरुले माया गर्दिनु भएको गीत #पिपलू_बर #१_करोड ( 10 Million ) पुगेकोमा हाम्रो सम्पुर्ण टिम अनी हजुर सम्पुर्ण संगितप्रेमी ज्यु हरुलाइ मुरी मुरी धन्याबाद

फेसबुकबाट तपाईको प्रतिक्रिया