कन्चनपुरमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, ५ घाइते १ को अवस्था गम्भीर !

फाइल फोटो

काठमाडौँ, कन्चनपुरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

भीमदत्त नगरपालिका–६, बनगाउँमा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । तिनै जना मृतक अटोरिक्सामा सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही दुर्घटनामा परि ५ जना घाइते  भएका छन् । घाइते मध्ये अटोरिक्साका चालकको अवस्था निकै गम्भीर रहेको छ । कञ्चनपुर प्रहरीका अनुसार उनलाई उपचारका लागि भारत पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया