चितवनको भरतपुर महानगरपालिकामा खसेको मध्ये अब करिब ३२ हजार भोट मात्रै गन्न बाँकी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो ।
आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार ९५ हजार ३११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता बनाएकी छन् ।
उनले ३७ हजार ४६८ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३१४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत पाएका छन् ।







