अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्वसांसद गायत्री साह पक्राउ !

फाइल फोटो

काठमाडौँ, आफ्नै बच्चालाई स्वीकार गर्न नमानी अस्पतालमा होहल्ला गरेको आरोपमा पूर्व सांसद गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ । मेडिसिटि अस्पतालको उजुरीमा उनि र उनका श्रीमान सन्तोषलाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले बताएका छन् ।

उनले भने, ‘ गायत्री साहले अस्पतालमा होहल्ला गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको छ । बच्चा लिन अस्वीकार गरको भन्दै मेडिसिटिले उजुरी पनि दिएको थियो । हामीले त्यसपछि अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई पक्राउ गरेका हौँ ।

पक्राउ पर्नु अघि उनले मेडीसिटि अस्पताल विरुद्ध प्रदर्शन समेत गरेकी थिइन् । ‘डाउन सिन्ड्रोम’ जन्मिएको थाहा लागेपछि बच्चा अस्पतालको लापरबाही देखाउँदै उनले बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै आएकी छिन् ।

फाल्गुन २८ गते मेडीसिटि अस्पतालमा जन्मिएका उनका छोरा हाल पनि मेडिसिटी अस्पतालको एनआइसियुमै छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया