काठमाडौँ, नेकपाको प्रदेश ३ को पहिलो बैठकमा बोल्दै प्रधानमंत्री के.पी ओलीले वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।
उनले भने, ‘ कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्यो । ‘ प्रधानमंत्री ओलीले विप्लब पार्टी नभएको भन्दै भने, ‘ पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ? त्यो एउटा गिरोह हो । ‘
उनले थपे, ‘ कम्युनिस्टको बर्को ओढेकाले कतिपयलाई केही अप्ठेरो लाग्न सक्छ । गृहमन्त्रीलाई नियन्त्रण गर्न खोजे भनेर पनि आएका छन् । अनि के गृहमन्त्रीले उनीहरुलाई पड्काउ बम पड्काउ भन्ने ? ‘