एमालेलाई अर्थमन्त्रीको जवाफ : चुलो बाँड्न सँगै जाउँला, चिन्ता गर्नुपर्दैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदान लक्षित नभएको दाबी गरेका छन् ।

‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ, तर यहाँ कतै पैसा बाँड्ने कार्यक्रम छैन । अनुदान भन्ने कतै पनि छैन,’ ‘अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला, तर यसमा बिल्कुल अनुदान छैन, प्रोत्साहन छ ।’

इन्डक्सन चुलोलाई भोट साट्न खोजेको आरोपमा प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने भन्दै उनले भने, ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन ।’

अर्थमन्त्री शर्माले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया