आफ्नै साथीले छु’रा प्र’हारगर्दा १५ वर्षीय एक किशोरको मृ’त्यु , छु’रा हान्ने फरार दुई प’क्राउ !

भक्तपुर, ९ माघ/ मदि’रा से’वन  गरी सामान्य वि’वाद हुँदा आफ्नै साथीको छु’रा प्र’हारबाट एक किशोरको मृ’त्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको वि वादमा छु’रा प्र’हार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

छु’रा प्र’हारपछि फ’रार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सि’द्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट प’क्रा’उ गरी अ’नु’सन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो ।

चार÷पाँच जना साथीसँगै बसेर म दिरा से’वन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छु’रा प्र’हार गरेको प्रारम्भिक अ’नुसन्धानबाट खुलेको उहाँले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्र’हार भएको छुरा ब राम’द गरेको जानकारी दिनुभयो ।

त्यसैगारी तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफामा भ्रमण वर्षको शुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सो गुफालाई सूचीकृत गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सिद्धगुफा विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुरुआत गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बुधबार भ्रमण वर्षको शुरुआत गर्दै सरकारको अभियानमा सहयोग पु¥याउनु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षको सन्दर्भमा सिद्धगुफा विकास समितिले राखेको कार्यक्रम राम्रो छ । सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्ने हो भने सरकारको अभियान सफल हुन्छ ।” भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धनमा नगरपालिका जुटेको बताउनुभयो ।

धेरैभन्दा धेरै पर्यटकलाई सिद्धगुफामा भित्र्याउने उद्देश्यसहित गुफाबाटै भ्रमण वर्षको शुरुआत गरिएको समितिका अध्यक्ष दधिराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटक आकर्षित गर्न गुफामा पूर्वाधार निर्माणसमेत गरिएको छ । भ्रमण वर्षमा यस ठाउँमा करीब एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । गुफाको व्यापक प्रचारप्रसार गरी पर्यटकलाई यस ठाउँमा आकर्षित गर्न पहल गरिने विकास समितिले जनाएको छ ।

धेरैभन्दा धेरै पर्यटक भित्र्याउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतिक्षालय, वनभोजस्थल र पार्किङस्थल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त रु ३६ लाख, समितिको रु छ लाख र सहयोगबाट उठेको रु १० लाख गरी रु ५२ लाखको लागतमा पूर्वाधार निर्माण गरिएको छ ।

समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र सिद्धगुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय, पानीको दह निर्माण गरिसकेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो गुफामा चार तल्लाको रहेको छ । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० मानिस अट्न सक्दछन् । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने सो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।

जिदीखोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको यो गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिन्छ । व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरको यात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया