तुलसीपुर,१२ कार्तिक । तुलसीपुरको गोलौरामा दुर्गा चौधरीलाई ढुङ्गा प्रहार गरि घाईते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –१० गोलौरा निबासी असोक चौधरी, श्याम चौधरी, सुशील चौधरी, विजय चौधरी, आशिष चौधरी, पवन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका अपराध अनुसन्धान शाखा प्रमुख तथा प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
उनीहरुलाई आज बिहान घरैबाट पक्राउ गरिएको हो । आरोपीले सोमबार राति ८ बजे सामान्य विवादको विषयलाई लिएर कुटपिट गर्नुका साथै ढुङ्गाले हानेर दुर्गालाई सख्त घाईते बनाएको थिए । घाइतेको अहिले कोहलपुरमा उपचार भइरहेको छ ।
खुट्टा छिनाल्नेको खोजी जारी
गएराति अज्ञात समूहले तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी कुमार विकको बायाँ खुट्टा छिनालीदिएपछि दाङ प्रहरीले घटनामा संलग्नको व्यापक खोजी सुरु गरेको छ । घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी, जयनारायण आचार्य, दाङका प्रहरी प्रमुख गणेस चन्द पुगेर त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।आजको राजधानी दैनिकमा खबर छ ।






