आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ, १९ फागुन: कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गोदानका पदाधिकारीका बीचमा शनिबार छलफल समेत भएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई सङ्घ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृति विकास रोकिन नहुने लगायतका माग उठान गर्दै गोदान आन्दोलनरत् रहेको थियो ।(रासस)

फेसबुकबाट तपाईको प्रतिक्रिया