काठमाडौँ, संघीय संसदले गत भदौ पहिलो साता सर्वसम्मतिले पारित गरेको नागरिक उड्डयनसम्बन्धी महत्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धि आजबाट लागु भएको छ ।
नेपालमा सन् १९९९ मा पारित भएको महासन्धि कार्यान्वयन भए संगै नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढेको छ ।
वार्सा महासन्धि अनुसार विगतमा नेपाली यात्रुका परिवारले २० हजार अमेरिकी डलर मात्र क्षतिपूर्ति पाउने गरेका थिए भने अब उनीहरुले पाउने क्षतिपूर्ति रकम १ लाख १३ हजार १ सय एसडीआर अर्थात् १ लाख ५७ हजार २०९ अमेरिकी डलर पुगेको छ ।
यदि नेपाली यात्रुलाई क्षतिपूर्ति रकममा चित्त नबुझे नेपालकै अदालममा मुद्दा दायर गर्न पाइने व्यवस्था पनि छ ।
त्यसैगरी अब देखि यदि कार्गो सामान तोकिएको समयमा आपूर्ति नभए वा हराए वा खराब भए प्रतिकिलो १९ एसडीआर अर्थात् ३ हजार १५ रुपैयाँ र ब्यागेज तोकिएको समयमा नपुगे वा हराए वा खराब भए प्रतिकिलो १ लाख ७९ हजार ४ सय ८९ रुपैयाँ तोकिएको छ ।
समयमै ब्यागेज नपुगी हराए वा खराब भए वा नष्ट भए प्रतियात्रु प्रतिकिलो ७ लाख ४४ हजार ९ सय ३७ रुपैयाँ क्षतिपूर्ति सम्बद्ध वायुसेवा कम्पनीले तिर्नुपर्ने व्यवस्था लागु भएको छ ।







