कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन २१, मंगलबारको राशिफल !

वि.सं. २०७६ साउन २१, मंगलबार, इ.स. २०१९ अगस्ट ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, षष्ठी, १८:४४ उप्रान्त सप्तमी, नक्षत्र– हस्त, ५:३२ बजेदेखि चित्रा, २८:१४ बजेउप्रान्त स्वाती, योग– साध्य, २३:४३ बजेउप्रान्त शुभ, करण– कौलव, ७:४८ बजेदेखि तैतिल, १८:४४ बजेउप्रान्त गर, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कन्या, १६:५१ बजेउप्रान्त तुला, सूर्योदय– ५:३० बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५ पला। द्विपुष्कर योग १८:४४ देखि २८:१४ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन अत्यन्त सावधानीपूर्वक व्यतित गर्नु होला । स्वास्थ्यमा खराबी आउनेछ । स्वजन संग वियोग हुनेछ । मानसिक अस्वस्थताको अनुभव हुनेछ । धार्मिक र सामाजिक कार्यमा अधिक धन खर्च हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिवारमा सुख शान्ती बनि रहनेछ । मित्रको साथ आनन्दको पल बिताउनु हुनेछ । आय र व्यापारमा वृद्धि हुनेछ । रमणीय स्थानमा पर्यटनको आयोजना हुनेछ । स्त्री वर्गको तर्फबाट लाभ हुनेछ । उत्तम दाम्पत्य सुखको अनुभूति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शारीरिक र मानसिक सुख बनि रहनेछ । नोकरी तथा व्यवसायमा तपाइँको कार्यको प्रशंशा हुनेछ । व्यापारीद्वारा कामको कदर हुनेछ । जसबाट तपाइँ अधिक प्रोत्साहित हुनु हुनेछ । पदोन्नतिको योग छ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । गृहस्थी जीवन आनन्दपूर्ण रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन तपाइँ धर्म ध्यान तथा देवदर्शनमा अधिक समय दिनु हुनेछ । कुनै तिर्थ स्थानमा जाने प्रसङ्ग बन्नेछ । शारीरिक र मानसिक रुपले प्रफुल्लित रहनु हुनेछ । भाग्यवृद्धिको अवसर मिल्नेछ । विदेश यात्राको लागी अनुकुल संयोग निर्मित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यको सम्बन्धमा विशेष ध्यान राख्नु होला । बाहिरको खान-पिनबाट बच्नु होला । बिमारी हुने हुँदा धन खर्च हुनेछ । मनमा नकारात्मक विचार हावी हुनेछ । पारिवारिक सदस्यको साथ सावधानीपूर्वक रहनु होला । इष्ट देवको नाम स्मरण र आध्यात्मिक विचारले मार्ग दर्शन गर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन अनिकुलताले परिपूर्ण रहनेछ । जीवनसाथीको साथ निकटताको क्षणको आनन्द उठाउन सक्नु हुनेछ । दाम्पत्यजीवनमा मधुरता रहनेछ । विपरित लिंगीय व्यक्ति तर्फ आकर्षण अनुभव गर्नु हुनेछ । मान- प्रतिष्ठामा वृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आजको दिन मित्र तथा स्वजनको साथ आनन्दपूर्वक बित्नेछ । मनोरंजनको पनि आनन्द प्राप्त हुनेछ । व्यापारमा लाभ हुने अधिक सम्भावना छ । भागीदारबाट लाभ हुनेछ । छोटो प्रवासको स्मृति लामो समय सम्मको लागी रहनेछ । सामाजिकरुपमा मान सम्मान मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

अशुभ घटनाको अधिक सम्भावना रहेको हुँदा सावधानीपूर्वक रहनु होला । सम्भवत रोगीको उपचार या शल्यक्रिया आजको लागी स्थगित गर्नु होला । क्रोधको कारण स्वयमलाई हानी हुने सम्भावना छ । दिमागलाई शान्त राख्नु होला । मानहानी नहोस् यसको पूर्ण ख्याल राख्नु होला । शारीरिक र मानसिक रुपले अस्वस्थ रहनु हुनेछ । वादविवादमा नपर्दा सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शारीरिक र मानसिक रुपले अस्वस्थ अनुभव गर्नु हुनेछ । सरकार विरोधी कार्य एवम् प्रवृत्तिबाट टाढा रहनु होला । नयाँ कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ । स्वास्थ्यमा खराबी आउन सक्दछ । मन चिन्तित रहनेछ । वाणी र व्यवहारमा ध्यान दिनु होला । व्यवसायमा आपत्ति आउन सक्दछ । भाग्यले साथ दिने छैन । सन्तानको विषयमा चिन्ता रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मानसिक चिन्ताले मन व्यग्र रहनेछ । मनमा शंका र उदासी छाई रहनेछ । मन भारी रहनेछ । कारणवश दैनिक कार्यमा विघ्न आउनेछ । व्यवसायमा सहकर्मीको बराबर सहयोग मिल्नेछ । शिर्ष अधिकारीहरु संग सम्हालिएर रहनु होला । श्रमपूर्वक गरिएको कार्यको उचित परिणाम नमिल्दा मनमा निराशा छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज तपाइँ घरको कुरामा अधिक ध्यान दिनु हुनेछ । परिवारजनको साथ महत्वपूर्ण चर्चा हुनेछ । घरको कायापलटको लागी केहि नयाँ सजावटको विचार आउनेछ । आफ्नो कार्यमा सन्तोषको अनुभव हुनेछ । स्त्रीवर्गबाट सम्मान मिल्नेछ । माताको साथको सम्बन्ध राम्रो रहनेछ । निरुत्साहित नहुनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

प्रातःकालको प्रारम्भ इश्वर स्मरणको साथ गर्दा मन प्रफुल्लित रहनेछ । धार्मिक रुपले पूजन विधि गर्न सक्नु हुनेछ । पारिवारिक वातावरण मंगलमय रहनेछ । मित्र तथा स्नेहीजनबाट उपहार प्राप्त हुनेछ । तपाइँको कार्यबाट शिर्ष अधिकारीहरु सतुष्ट हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया