अस्ट्रेलियाको विद्यार्थी भिसामा कीर्ते कागजातको बढ्दो प्रयोग, भिसामा कडाइ!

अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो।

नेपालबाहेक भारत र पाकिस्तानलाई पनि अस्ट्रेलियाले शहरै तोकेर नक्कली कागजातका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। मास्टर्समा पढ्न आउने चार महिना भएको छैन, सस्तोका नाममा डिप्लोमा खोज्दै हिँड्ने प्रवृत्तिप्रति पनि प्रतिवेदनले सचेत तुल्याएको छ।

अस्ट्रेलियाको शैक्षिक उद्योगको चलन पनि निकै गजब छ। नेपालबाट आउने विद्यार्थीका लागि त्यही कोर्ष गर्न १२ हजार डलर लाग्छ तर अस्ट्रेलिया भित्रका विद्यार्थीले ६-७ हजार डलरमै उक्त कोर्ष गर्न पाउँछन्। अर्थात अफसोर्स र अनसोर्सको भाकामा पचास प्रतिशत हेरफेर केका लागि र कुन उद्धेश्यका लागि हो? यसबारे कुनै उद्यमीले स्पष्ट पारेका छैनन्। न त कुनै कानुनी प्रावधाननै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया