घुससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुससहित पक्राउ गरेको छ ।

प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो ।

आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरिएको हो ।

आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

अवैतनिक वाणिज्यदूतका प्रतिबद्धता
नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई नियुक्त गर्ने राष्ट्र र नेपालसँगको सम्बन्धलाई सुुमधुुर तुल्याउन सेतुुका रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालमा राजदूतावास नभएका ४६ देशका अवैतनिक वाणिज्यदूतहरूले आफूले प्रतिनिधित्व गरेको देश र नेपालका साझा चासो र हितका विषयलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

राजधानीमा आज भएको अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)को १२औँ वार्षिक साधारणसभामा उहाँहरूले नेपालको पर्यटन एवं गरिमा प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने बताउनुुभयो ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले परस्पर निर्भर एवं परस्पर सम्बद्ध वर्तमान विश्वमा सहकार्य र साझेदारीका माध्यमबाटै वाञ्छित लक्ष्य हासिल हुने भएकाले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ परिकल्पना साकार पार्ने दिशामा सक्रिय सहयोगको अपेक्षा आफूले गरको बताउनुुभयो ।

साधारणसभाले दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठलाई एचसिसीएनको डीनमा चयन गरेको छ । विगत १७ वर्षदेखि उहाँ उक्त देशको वाणिज्यदूत हुनुहुुन्छ । त्यसैगरी १२ वर्षदेखि मोरक्कोका अवैतनिक वाणिज्यदूूतको जिम्मेवारी निर्वाह गरिरहनुुभएका उद्योगपति वसन्तकुुमार चौधरी भाइस डीन चुनिनुु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया