काठमाडौँ, काठमाडौँ, लाजिमपाटमा १० महिने शिशुको घाँटी रेटी विभत्स हत्या गरिएको छ । उक्त शिशुको शव सांग्रिला होटल अगाडिको सडक किनारमा एक झोलामा फेला परेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडाैँका अनुसार बुधबार राती घाँटी रेटी प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शिशुको शव भेटिएको हो । कसले र किन यो हत्या गर्यो भन्ने बारे केही थाहा हुन् सकेको छैन ।
घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







