ओलीसँग सहकार्य गरेर नराम्रो सँग पछुताए कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चुनावी तालमेल परिणाममुखी हुन नसकेको प्रतिवेदन पेश गर्दै थापाले एमालेको उदासीनताको कारणले निर्वाचनमा उपलब्धि प्राप्त गर्न नसकेको बताएका हुन्।

चुनावमा एमालेसँग सहकार्य गर्ने निर्णय व्यवहारिक र रणनीतिक रूपमा ठीक भए तापनि एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको उल्लेख गरेका छन्।

स्थानीय तहको चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी जुट्नुपर्ने बताएका छन्

सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा वर्तमान संविधानमा संशाेधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्ने प्रयास गर्ने उल्लेख गरेका छन्।

‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालीन उद्देश्य हुनेछ’ उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया