‘मेचीनगरका उपप्रमुख चढेको गाडी ज’लाउने प्रयास’

फोटो फाईल

झापा, १८ मङ्सिर / मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज ज’लाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आ’गो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गर्नुभयो ।

गा’डी ज’लाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आ’रोप लगाउनुभयो । ‘‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उहाँले रासससँग भन्नुभयो, ।घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उहाँले बताउनुभयो ।नेपाली काँग्रेसका उपसभापति राम कट्टेलले घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया