हिन्दी भाषा प्रवेश गराएर मैथिली भाषाको हत्या गर्न दिन्नौ : मन्त्री पोखरेल

पब्लिक आवाज /आलोक यादव 

सिरहा , पुस २६ गते । नेपाल सरकारका उपप्रधानम तथा रक्षामन्त्री ईश्वर पोखरेल हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथिली भाषाको हत्या गर्न नदिने बताउनु भएको छ ।

बुधबार सिरहाको कर्जन्हा–५, बस्तीपुरमा आयोजित किसान नेता जयगोविन्द साहको २९ औँ स्मृति सभालाई सम्वोधन गर्दे उहाँले यस्तो कुरा बताउनुभयो ।नेपाल बहुजाति, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘तराईका धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौँ ।’

अहिलेको सरकार सरकार परिवर्तन मात्र नभएर संयन्त्रसहितको परिवर्तन भएको बताउनुभयो । उहाँले सरकारले फागुन मसान्तभित्र सबै कानुन बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने बताउनुभयो ।मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौँ, त्यो यही सरकारले पुरयाउँछ ।’

मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली नागरिकलाई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अंगिकृतनागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ । सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छौँ ।’ किसान नेता जयगोविन्द साह तत्कालिनको २०४६ साल पुस २५ गते निधन भएको थियो ।

भारतको जयनगरमा निधन भएको उनको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् । सभामा नेकपा क्रान्तिकारी माओवादी बैद्य समूह परित्याग गरि हिरा बहादुरको नेतृत्वमा विजय गुप्ता, सुरेन्द्र साह,उमेश साह,अताबुल मिया, राम देव कारक, शुभ लाल राम , शिवनाथ राम , मोहमद मुल्लाह लगायत ९४ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन। नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाश र रक्षामन्त्री ईश्वर पोखरेलले अवीर माला लगाई स्वागत गर्नु भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया