काठमाडौँ, आज बिहानै बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको छ ।
बझाङका सिडिओ सुरेश सुनारले भने, ‘ वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ । शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको छ । ‘







