आलोक यादव ,.लहान, १८ असार । गाँउ गाँउमा दुध दिइरहने भैंसी खरिद गरि मासुको लागि अबैध रुपमा निकासी भइरहेको छ ।
सर्लाहीको शम्भुले विगत लामो समयदेखि यस्तो कारोबार गर्दै आएको छ ।
उनले गाई गोरु समेत सर्लाही बाट झापा हुँदै भारत निकासी गरिरहेको छ भने राँगा र भैंसी ट्रकमा हालेर लोकमार्ग हुँदै लैजाने गरेको छ ।
अवैद्य कारोबारलाई प्रहरीदेखि भन्सारका कर्मचारीलाई नजराना दिएर यो कारोबारलाई निरन्तरन्ता दिएको प्रहरी स्रोतको दावी छ ।
चार चक्कै गाडीमा चार वटा भैंसीसम्म मात्र लैजाने प्रावधान रहेपनि प्रहरीको मिलोमतोमा बीच लोकमार्गबाट नै ९— १० वटा राँगा भैसी हालेर भारत निकासी गरिरहेको छ ।
गत सत्ता मनिर मियाँको सहयोगमा बलान खोला हुँदै ५०—६० गाई गोरु भारत निकासी गरेको छ ।
प्रहरीले यसप्रति कुनै चासो नलिएको स्रोतको दावी छ । स्थानीय प्रशासन ऐन २०२८ ले मासुको प्रयोगकालागि स्त्री चौपाया निषेध मानिएको छ ।
तस्करहरुले प्रदेश २ का जिल्ला र पहाडीक्षेत्र सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु भारतीय बजारमा पुर्याउँदै आएका छन् ।
नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन । तर तस्करहरुले प्रहरीको मिलोमतोमा यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारतीय बजारमा पुर्याउने गरेको बताइएको छ ।
स्थानीयबासीले भने तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् ।







