काठमाडौँ, ‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि बुधबार बिहान कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् ।
पूर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने २ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु नाम भने अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालले बताएका छन् ।
प्रधानमन्त्री ओलीले मालपोत कार्यालयमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिए पनि नेपालको सम्भावना एक करोड पर्यटक भित्राउने रहेको बताएका छन् ।
प्रविधिको सहारा लिएर अझै धेरै काम गर्न आवश्यक रहेको पनि उनले बताएका छन् ।







