परिणाम ल्याउने गरी काम गर्न निर्देशन

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गरेका छन् ।
छलफलको क्रममा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई थप प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मु्ख्य सचिव शङ्करदास बैरागी, सचिव, सहसचिवहरूलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पदाधिकारीहरूसँग मङ्गलबार ब्रिफिङ लिएका थिए । सो अवसरमा प्रधानमन्त्री कार्यालयका आधा दर्जन महाशाखाका प्रमुखलेसमेत आ–आफ्नो महाशाखाको कामकारबाहीबारे जानकारी गराएका आजको गोरखापत्र दैनिकमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया