च’ट्याङका कारण बारामा चार महिलाको मृ’त्यु

कलैया, १८ असार / बा’रामा च’ट्याङ लागेर चार महिलाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

मृ’त्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खा’तुनको च’ट्याङ लागेर मृ’त्यु भएको हो । फेटामा घरमा च’ट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घ’टनास्थलमै मृ’त्यु भएको प्रवक्ता मिश्रले बताउनुभयो ।

च’ट्याङ लागेर फेटामा पाँच जना घा’इते भएका छन् । घा’इतेलाई अस्पताल लगिएको र मृ’तकको श’व परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया