वि.सं. २०७६ असार १८। बुधबार। इ.स. २०१९ जुलाई ३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। प्रतिपदा, २३:१७ उप्रान्त द्वितीया। नक्षत्र– आर्द्रा, ७:४७ बजेउप्रान्त पुनर्वशु। योग– ध्रुव, १३:३८ बजेउप्रान्त व्याघात। करण– किंस्तुघ्न, १२:१२ बजेदेखि वव, २३:१७ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मिथुन, २५:०० बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३० पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कार्यको प्रारम्भ गर्न अनुकुल दिन छैन । शारिरमा थकान र आलश्य रहने हुँदा कार्यमा उत्साह छाउने छैन । पेट सम्बन्धी समस्याले सताउनेछ । नोकरी, व्यापारमा विपरित परिस्थितिहरु रहनेछन् । शिर्ष अधिकारीहरुको असन्तुष्टिको सामना गर्नु पर्ने हुनेछ । अधिक खर्च हुनेछ । महत्वपूर्ण कार्यको लागी कुनै निर्णय नलिनु होला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्यको प्रारम्भको लागी शुभ दिन रहेको छ । भाई बन्धुहरुको साथ मेलजोलमा वृद्धि हुनेछ । परिवारजनको साथ प्रवासको आयोजना हुन सक्छ । स्वास्थ्य राम्रो रहनेछ । भाग्यमा वृद्धि हुने सम्भावना छ । रहस्यवाद तथा आध्यात्मिकतामा अधिक रुचि हुनेछ । कार्य सफलताको दिन रहेको छ । सामाजिक दृष्टिबाट मान-सम्मान मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन शुभ फलदायी रहेको छ । शारीरिक तथा मानसिक रुपले प्रशन्न रहनु हुनेछ । भौतिक तथा आध्यात्मिक दृष्टिबाट राम्रो अनुभव हुनेछ । परिवारजनको साथ प्रवासमा सुरुचिपूर्ण भोजन तथा उपहार मिल्दा प्रशान् रहनु हुनेछ । आध्यात्मिक विचारले तपाइँको हृदय तथा मनलाई छुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
तपाइँको दिन शुभ फलदायी रहनेछ । धन वृद्धि तथा पदोन्नतिको योग छ । व्यापारमा सफलता मिल्नेछ । परिवारजन तथा मित्रको साथ सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नु हुनेछ । छोटो प्रवासको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सुभ तथा अनुकुलतापूर्ण रहनेछ । कार्यालयमा सहकर्मचारी तथा शिर्ष अधिकारीको साथ राम्रो सम्बन्ध रहनेछ । सामाजिक दृष्टिबाट मान-सम्मानमा वृद्धि हुनेछ । पदोन्नतिको योग छ । स्नेहीजनबाट उपहार मिलन सक्छ । स्वास्थ्य राम्रो रहनेछ । संसारिक जीवन आनन्दमय रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कसैको साथ पनि अधिक विवाद नगर्नु होला । धार्मिक कार्यमा खर्च हुन सक्दछ । पारिवारिक वातावरण बिग्रन सक्दछ । कार्यमा असफलताले मनमा असन्तोष तथा निराशा छाउनेछ । स्वास्थ्य प्रति ध्यान दिनु होला । निर्णयशक्तिको अभाव हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइँको दिन मध्यम फलदायी रहनेछ । स्वास्थ्यमा केहि गडबडी हुन सक्दछ । शारीरिक थकानको अनुभव गर्नु हुनेछ । सम्भवत प्रवासलाई स्थगित गर्नु होला । जिद्दीपनालाई त्याग्नु होला । सन्तानको विषयमा चिन्तित रहनु हुनेछ । कार्य सफलता प्राप्त हुनेछ । परिवारजनको साथ मनमुटाव हुन सक्दछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि,पशुपालन तथा घरजग्गाको कारोबार गर्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रसस्त आय आर्जन गर्न सक्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । कला तथा साहित्यतिर समय दिनेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तपाइँको दुविधापूर्ण व्यवहारले तपाइँलाई समस्या पुर्याउन सक्दछ । जस कारम महत्वपूर्ण समय खेर जानेछ । जिद्दी स्वभावलाई त्याग्नु उचित हुनेछ । विवादमा परिने सम्भावना छ । सम्भवत प्रवासलाई स्थगित गरिदिनु होला । लेखक, कारीगर र कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ । सुमधुरवाणीले हर कोहिलाई रिझाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कुनै पनि कुरामा दृढ मनबाट निर्णय लिन सक्नु हुने छैन । जस कारण पाइएको मौकाको सहि लाभ उठाउन सक्नु हुने छैन । आफ्नै विचारको उल्झनमा पर्नु हुनेछ । स्त्री मित्रको तर्फबाट लाभ हुनेछ । व्यापारमा लाभ हुनेछ । महत्वपूर्ण निर्णय आज नलिनी नै उचित हुनेछ । सन्तानको साथ भेट हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज विचारको गतिशिलताबाट द्विविधाको अनुभव गर्नु हुनेछ । जस कारण कुनै ठोस निर्णयमा आउन सक्नु हुने छैन । नोकरी धन्दाको क्षेत्रमा आजको दिन प्रतिस्पर्धा युक्त रहनेछ । नयाँ कार्य शुरु गर्ने प्रेरणा मिल्नेछ । नयाँ कार्य आरम्भ गर्न सक्नु हुनेछ । लेखन कार्यको लागी राम्रो दिन छ । आज बौद्धिक तथा तार्किक विचार विनिमय को अवकाश मिल्नेछ ।



