कस्तो रहला त तपाइँको आजको दिन हेर्नुहोस् , आज जेष्ठ २६ गते आइतबारको राशिफल !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज तपाइँ हानिकारक विचार, व्यवहार र आयोजन बाट टाढा रहनु होला । नत्र शारीरिक आलाश्य एवम् व्याकुलता बढ्नेछ । स्वास्थ्य ठिकै रहनेछ । कार्य सरलता मिल्नेछ । प्रतिस्पर्धीको साथ वादविवाद मा नउत्रिनु होला । मध्याहन पश्चात परिस्थितिमा सुधार आउनेछ । आर्थिक योजना ठिक तरिका संग सम्पन्न गर्न सक्नु हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सरकार विरोधी कार्य एवम् प्रवृत्तिबाट टाढा रहनु होला । नयाँ कार्यको प्रारम्भ नगर्नु नै उचित हुनेछ । स्वास्थ्यमा खराबी आउन सक्दछ । मन चिन्तित रहनेछ । वाणी र व्यवहारमा ध्यान दिनु होला । व्यवसायमा आपत्ति आउन सक्दछ । भाग्यले साथ दिने छैन । सन्तानको विषयमा चिन्ता रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन सुख शान्तीपूर्वक बित्नेछ । मनलाई प्रशन्न र हल्का गराउनको लागी मनोरंजनको साहारा लिनु हुनेछ । स्नेहीजन र मित्रलाई पनि यसमा शामिल गराउनु हुनेछ । मध्याहन पश्चात मन चिन्ताग्रस्त रहनेछ । संवेदनशीलताको मात्रा बढ्नेछ । क्रोधमा संयम राख्नु होला । स्वास्थ्यमा खराबी आउन सक्दछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

निकै ठुलो आर्थिक लाभले तपाइँको प्रतिक्षा गर्दै छ । व्यवसाय गर्नेहरुको लागी आजको दिन लाभदायी छ । मध्याहन पश्चात मनोरंजनको निम्ति कतै जाने अवसर मिल्नेछ । मित्रको साथ प्रवास-पर्यटनमा घुमफिर या मिष्ठान्न भोजनको अवसर मिल्नेछ । व्यापारमा भागीदारीको साथ माभ्दायक विचार विमर्श हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहित्य-कला प्रति आज विशेष रुची रहनेछ । मध्याहन पश्चात आर्थिक संकटको अन्त्य हुनेछ । घरको वातावरण आनन्दमय रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । व्यवसाय गर्नेहरुलाई व्यवसायमा लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शारीरिक र मानसिक रुपले स्वस्थ रहन विशेष ध्यान दिनु पर्नेछ । माताको स्वास्थ्य बिग्रन सक्दछ । स्वजन माथी आपत्तिजनक प्रसङ्ग आउन सक्छ । धन हानीको योग छ । पानीबाट सम्हालिएर रहनु होला । यात्रा प्रवास नगर्नु नै उचित देखिन्छ । क्रोधमा संयम राख्नु होला । सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्यको प्रारम्भको लागी आजको दिन निकै अनुकुल छ । आध्यात्मिक विषय तथा गूढ रहश्य प्रति विशेष आकर्षण रहनेछ ।मध्याहन पश्चात स्फूर्ति र प्रशन्नताको अभाव रहनेछ । घरमा कलेशको वातावरण रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

परिवारको साथ भ्रान्तीको स्धिक सम्भावना छ । कार्यमा अपेक्षित सफलता मिल्ने छैन । मनमा द्विविधा रहनेछ । कार्यभार अधिक रहनेछ । मध्याहन पश्चाता मनको ग्लानि हट्नेछ । साथै आनन्द र प्रशन्नता छाउनेछ । मित्र तथा स्नेहीजनको साथ मेलजोल बढ्नेछ । भाग्यव्रिद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज आर्थिक लाभ मिल्न सक्दछ । स्नेहीजनको घरमा कुनै मांगलिक प्रसङ्गमा उपस्थित हुनु पर्नेछ । दाम्पत्यजीवनमा सुख र आनन्द मिल्नेछ । गरेको कार्यमा अपेक्षित परिणाम नमिल्दा निराशा छाउनेछ । तपाइँको मन कुनै एक निश्चित निर्णय लिन सक्नु हुँदैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनको व्यग्रताले शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्दछ । वाणी र व्यवहारमा संयम राख्नु होला । मध्याहन पश्चात स्वास्थ्यमा सुधार आउनेछ । मनमा प्रशन्नता छाई रहनेछ । धर्म-ध्यान र दयाभावना बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजको दिन लाभदायी रहनेछ । सामाजिक र आर्थिक क्षेत्रमा प्रगती हुनेछ । मध्याहन पश्चात स्वास्थ्यमा खराबी आउनेछ । पारिवारिक वातावरण खासै राम्रो रहने छैन । व्यवहारमा निकै ध्यान पुर्याउनु होला । अधिक धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

विचारमा दृढता रहने छैन । व्यवसायमा शिर्ष अधिकारीबाट लाभ हुनेछ । पदोन्नतिको योग छ । परिवारमा सुख शान्ती रहनेछ । व्यापार सम्बन्धित आयोजना हुनेछ । मित्रको साथ रमणीय स्थलको आयोजन हुनेछ । आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणले लाभदायी दिन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया