घाँस काट्न गएकी बालिकामाथि सामुहिक बलात्कार

सिरहा /असार ९ गते। घाँस काट्न गएकी बालिकामाथि बलात्कार गरेको अरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्यामकुमार महरा छन् ।

स्थानीय एक १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकीको बेला बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित बालिकाकाअनुसार महरासहित २ र ३ जनाको समूहले बलात्कार गरेका थिए ।

एसपी चतुर्बेदिले भने, ‘बलात्कार पछि बालिकाले प्रहरी गुहारेपछि एक अभियुक्तलाई सोही दिन पक्राउ गरियो।

पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकीको आरोपीहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया