रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, साथै छ वटा मोटरसाइकल पनी बरामद !

रुपन्देही, १३ साउन/  रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा नम्बर ४ का ओमप्रकाश रौतार र कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का दीपक चौधरी रहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

मुसलमान र मल्लाहको बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रवक्ता भण्डारीका अनुसार उनीहरुसहित चोरी भएका छ वटा मोटरसाइकल बरामद गरिएको छ ।

अनुसन्धानको क्रममा उनीहरुले चोरी गरि विक्री गरेका लु १५ प २१७१ को होण्डा साईन, लु १९प ८१७० को होण्डा साईन, लु २१ प ६४३४ सुपर स्पलेण्डर, लु ३५ प २१५५ सुपर स्पलेण्डर,  लु २२ प ६९४८ सुपर स्पलेण्डर र लु२२प ४३५५ प्रो.स्पलेण्डर मोटरसाइकल प्रहरी बरामद गरेको छ ।

उनीहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा विभिन्न मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेकोे छ ।

बरामद मोटरसाइकलसहित पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया